इलाम-२ उपनिर्वाचन: रास्वपाबाट मिलन लिम्बूले दर्ता गरे उम्मेदवारी


इलाम – इलाम–२ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले  उम्मेदवारी दर्ता गराएका छन् ।

लिम्बुले शनिबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

केहदिन अघि मात्र माओवादी परित्याग गरेर रास्वपा प्रवेश गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए ।

प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेका थिए ।

त्यसलगत्तै रास्वपाले लिम्बूलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया