चेक बाउन्स मुद्दाको अनुसन्धानमा नयाँ प्रावधान


काठमाडाैं- चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दा अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ । जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने भएको छ ।

यसअघि खातावालाको बैंक खाता भएको शाखा रहेको जिल्लाबाट समेत अनुसन्धान हुने गरेको थियो । चेक दिनुभन्दा चेक बाउन्स हुनु अपराध भएकाले बाउन्स भएको शाखा रहेको जिल्लाबाट अनुसन्धान हुन थालेको हो ।

यसअघि खाताधनीको बैंक खाता रहेको शाखा रहेको जिल्लाबाट समेत अनुसन्धान हुने गरेको थियो ।

प्रतिक्रिया