पुस मसान्तभित्र महाधिवेशन गर्ने नेविसंघको निर्णय


काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो १२ औँ महाधिवेशन २०८१ साल पुस मसान्तभित्र गर्ने निर्णय गरेको छ।

नेविसंका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।

मातृ पार्टीसँग आवश्यक परामर्श गरी एक महिनाभित्र केन्द्रीय कार्यसमितिको (७५२) को १० प्रतिशत सदस्य रहने गरी कार्यसम्पादन समिति गठन गने गर्ने निर्णय भएको बताइएकाे छ ।

 

प्रतिक्रिया