धनगढीबाट काठमाडौं आइरहेको श्रीको जहाज पोखरा पुग्याे


काठमाडौं- धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट भएको छ ।

आज (शुक्रबार) बिहान ९ः५० मा उड्ने भनिएकाे जहाज १० बजे उडेको थियो।  तर, १० बजे धनगढीबाट उडेको जहाज काठमाडौं नभएर  पोखरामा अवतरण भएको एक यात्रुले बताए ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले पनि धनगढीबाट उडेको जहाज पोखरामा अवतरणमा भएको खबर प्राप्त भएको बताए । उनका अनुसार इन्डीकेशन समस्या आएकाले जहाज अन्तै डाइभर्ट भएको हो ।

जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ । जहाज अन्तै मोडिदा निकै त्रसित भएको  यात्रुले बताएका छन् ।

 

प्रतिक्रिया