

आइपिएल: गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी, आज हैदरावाद र चेन्नई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।
यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै छ । शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा चेन्नईले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सनराइजर्स हैदरावादले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

