एसईईमा म्यासेन्जेरबाट प्रश्नपत्र पठाएर चिट चोरेपछि…


खोटाङ- एसईईमा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोरेको आरोपमा तीन जना विद्यार्थी निष्कासित भएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि केन्द्रमा मोबाइलसहित तीन जना विद्यार्थी बिहीबार निष्कासित भएका हुन् ।

बिहीबार परीक्षा अनुगमनको क्रममा मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तीन जनालाई निष्कासित गरिएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माले बताए ।

फरक–फरक दुई कोठामा मोबाइलमार्फत चिट चोरिरहेको र दुवै कोठाका निरीक्षकलाई समेत हटाइएको विश्वकर्माले बताए ।

 

प्रतिक्रिया