


५ बजे बस्ने गरी सर्याे सुदूरपश्चिम प्रदेश सभाको बैठक

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ ।
३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

