
ऋषभ पन्तलाई फेरि जरिवाना
नयाँ दिल्ली- दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तमाथि अर्को खेलमा पनि जरिवाना भएको छ । उनी कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटमा दोषी पाइएका हुन् ।
उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)ले बिहीबार यसबारे जानकारी दिएको हो ।
यसअघि चेन्नई सुपर किंग्सविरुद्धको पछिल्लो खेलमा पनि उनी स्लो ओभर रेटमा दोषी पाइएका थिए । सिजनको पहिलो गल्ती भएकाले उनलाई १५ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
बुधबार विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । दिल्ली १७.२ ओभरमा १६६ रन बनाए। अलआउट भयो ।



कागजपत्र |
