बिरालोले टोकेर रेबिजको सुई लगाउन गएकी महिलाको मृत्यु भएपछि सेतीमा तनाव


कैलाली-  सेती प्रादेशिक अस्पताल धनगढीमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ।

बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौराको मृत्यु भएको हो । मृतकको आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन् ।

दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो । अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।

उता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका भएकाे तर विरलैमा यो समस्या देखिने बताएका छन् । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको दाबी छ ।

 

प्रतिक्रिया