

अर्कैसँग लागेको भन्दै विदेशबाट आएका पतीले गरे पत्नीको हत्या

झापा- झापाको बाह्रदशी गाउँपालिका-१ मा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार बिहान ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी ३३ वर्षीया श्रीमती ममसरी राजवंशीको हत्या गरेका हुन् ।
घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी चार दिनअघि मात्र घर आएका थिए ।
श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

