प्रक्रिया पूरा गरेका कम्पनीलाई आइपिओ निष्कासन अनुमति दिइँदै


काठमाडौँ – नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आइपिओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई अब क्रमशः स्वीकृति दिइने भएको छ ।

रमेशकुमार हमाल कार्यकाल सकिएर बाहिरिएसँगै अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आइपिओ निष्कासन स्वीकृतिको काम रोकिएको थियो ।

तर, अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ ।

सम्भवतः यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अङ्कित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डले जनाएको छ । अनुसार प्रिमियममा आइपिओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् ।

हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आइपिओ अनुमति माग गर्दै स्वीकृति पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले प्रिमियममा आइपिओ जारी गर्न अनुमति मागेका छन् ।

प्रतिक्रिया