अध्यक्ष रञ्जिताकाे ह्वीप- सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन निर्देशन


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन् ।

एक ह्वीप जारी गर्दै उनले पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई  मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

प्रतिक्रिया