सत्ता गठबन्धनका भातृ संगठनबीच नै भिडन्त, २ जना घाइते, २ पक्राउ


काठमाडौं — राजधानीको अमृत साइन्स क्याम्पस (अस्कल) मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

संघीय सत्ता गठबन्धनका दुई प्रमुख दलका भातृ संगठनहरु भलिबल खेलको विषयमा विवाद हुँदा भिडन्तमा उत्रिएका हुन् ।

झगडबाट सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको भातृ संगठन क्रान्तिकारीका दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा छन् ।

उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले एमाले भातृ संगठन अनेरास्ववियु अस्कल क्याम्पस इकाइ अध्यक्ष पंकज पाण्डे र इकाइ सदस्य गणेश शाहीलाई पक्राउ गरेको छ । कुटपिट गरेको आरोप लागेका खेम सिंह भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया