

जिप दुर्घटना हुँदा ९ जना घाइते

पोखरा – पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट करिब २ सय ५० मिटर तल झरेको हो ।
हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

