मुटुको चाल सामान्य भएपछि टोपबहादुर रायमाझी डिस्चार्ज


काठमाडौं- नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनलाई गएराति डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

उनका अनुसार राइमाझीको मुटुको चाल सामान्य भएको छ । मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा रायमाझी पुर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया