जनयुद्धमा सहभागी दलहरूबीच समीक्षा गर्ने बेला आएको छ : विप्लव


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् ।

कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको समेत बताए ।

उनले दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा राखे ।

विप्लवले समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरुलाई एक पटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे ।

 

प्रतिक्रिया