तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेस


काठमाडौँ – राष्ट्रिय सभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८० पेस भएको छ ।

शुक्रबारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रतिवेदनका सुझावअनुसार संघीयता कार्यान्वयनमा तीनै सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।

उनीहरूले उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याए मात्रै संविधानको पालना र संघीयता व्यवहारमा कार्यान्वयन हुने धारणा राखेका छन् ।

प्रतिक्रिया