

एसईईको प्रश्नपत्र र उत्तर मोबाइलमा भेटिएपछि एक छात्रा पक्राउ

काठमाडौं- सिरहामा परिक्षा संचालन भएको १० मिनेट नबित्दै (SEE) परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको थियाे ।
एसईईको प्रश्नपत्र र उत्तर मोबाइलमा भेटिएपछि एक छात्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।
गोलबजार नगरपालिकामा रहेको जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी उनको साथमा रहेको मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको दाहालले बताए ।

