सुदूरपश्चिमकी अमिसा बनिन् २० वर्षमै पाइलट


काठमाडौं – सुदूरपश्चिमकी २० वर्षीया अमिसा कार्कीले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्कीले साउथ अफ्रिकाबाट पाइलट अध्ययन गरेर उडान समेत सफलता पूर्वक सम्पन्न गरेकी हुन् ।

गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् । बाजुरामा १० कक्षासम्म पढेकी अमिसा उच्च शिक्षा पढ्न काठमाडौं आएकी । उनले काठमाडौंमा १२ कक्षा पास गरेर साउथ अफ्रिका पुगेकी थिइन् ।

प्रतिक्रिया