सुनको मूल्यले फेरि राख्यो ‘रेकर्ड’


काठमाडौं- सुनको मूल्य फेरि ‘रेकर्ड’ कायम गरेको छ ।

चैत ८ गते ‘रेकर्ड’ कायम गर्दै १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्यले बिहीबार नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दा चाँदीमा प्रतितोला २० रुपैयाँको बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ हुँदा तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँ छ।

चाँदीको मूल्य बिहीबार तोलाको १ हजार ५१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया