राजनीतिमा छट्टुहरू हाबी भए : गगन थापा


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको बताएका हुन् ।

रास्वपा नेताहरूप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको बताए । झुक्याउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्क्याउँछ । अलपत्र यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरू चाहिएको होइन ।

सोही क्रममा महामन्त्री थापाले काँग्रेस भित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने स्वीकार गरे ।

प्रतिक्रिया