
डुंगाको ठक्करबाट अमेरिकाको मेरील्याण्ड पुल भत्कियो
काठमाडौं- अमेरिकाको मेरील्याण्ड पुल भत्किएको छ । डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ ।
सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ । मानवीय क्षति भए/नभएको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।



कागजपत्र |
