कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाही अझै भेटिएनन्


कैलाली- कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेपछि बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।

साेमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ मध्ये लम्कीचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीकाे खाेजी कार्य भइरहेको बताए ।

उनकाअनुसार साेमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिडिरहेका युवाकाे उक्त समूहलाई प्रहरीले कर्णाली पुल वारि नै राेक्न खाेजेकाे थियोे तर सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती उनीहरू अघि बढेका थिए ।

बेपत्ता शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

होली खेलेपछि कर्णाली पुलबाट एक/एक गरेर १७ जनाले हाम फालेका थिए । १६ जना भने सकुशल निस्किए ।

प्रतिक्रिया