रोकिराखेको ट्रकमा ठोक्कियो मोटरसाइकल, अस्पताल नपुर्याउँदै एकको मृत्यु, अर्का गम्भीर घाइते


सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका २५/२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।

यस्तै गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया