

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय

काठमाडाैं- कांग्रेसले राष्ट्रियसभाको आफ्नो प्रमुख सचेतकमा कृष्ण रोकायलाई नियुक्त गरेको छ । रोकाय ११ माघमा भएको राष्ट्रियसभा चुनावमा कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौला छन् । रोकाय कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री पनि हुन् ।

