युवती प्रकरणले पद गुमाएका ऐन महरको एमालेमा ‘कमब्याक’


काठमाडौं- नेकपा (एमाले) ले ऐन महरलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको सचिवालय बैठकलले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उमपहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

गत फागुन ३ गते बसेको एमाले सचिवालय बैठकले महरले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको थियो ।

तर आइतबार बसेको एमाले सचिवालय बैठकले महरलाई फेरि केन्द्रीय सदस्यमा फर्काउने निर्णय गरेको हो ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने महर र एकजना युवतीको नाममा सामाजिक सञ्जालमा विवादित अडिओ र भिडिओ भाइरल भएका थिए । अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका महरलाई उक्त अडिओ र भिडिओका कारण केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाइएको थियो ।

प्रतिक्रिया