एकता गर्न एमाले माओवादीलाई नयाँ नामसहित उपस्थित हुन आयोगले तयार पार्यो दुई पत्र


काठमाडौँ – निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने तयारी गरेको छ ।

आयोगले दुवै पार्टीलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको हो । आयोगले सम्भवत: आज नै दुवै पार्टीलाई पत्राचार गर्ने छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ । कट्टेलले आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो ।

प्रतिक्रिया