कमेडी च्याम्पियनका टोली चढेको गाडी भक्तपुरमा दुर्घटना, ६ जना घाइते


काठमाडौं – रियालिटी शो कमेडी च्याम्पियनको टोली चढेको गाडी भक्तपुरमा दुर्घटनामा परेको छ ।

नगरकोटबाट फर्किने क्रममा उनीहरू सवार बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको रोकिराखेको टिप्परसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो कार्यक्रमका निर्देश विशाल भण्डारीलगायत ६ जना घाइते भएका छन् ।

भण्डारी उपचारपछि डिस्चार्ज भएको समेत बताइएको छ । यस्तै पूजन अधिकारी पनि उपचारपछि डिस्चार्ज भएका छन् । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराईको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया