


यसकारण स्थगित गरियो एमाले सचिवालय बैठक

काठमाडौं– मंगलबारका लागि डाकिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ।
महासचिव ईश्वर पोखरेलको नेतृत्वमा हुने सचिवालय बैठकले पार्टीका आगामी चुनौति र नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा निर्णय लिने तयारी भएको थियो।
तर विवादबीच माधवकुमार नेपाललगायतका नेताहरूले पनि एमालेमै रहने निर्णय गरेपछि थप तयारीसाथ सचिवालय बैठक बस्ने बताइएको छ।
एमाले स्रोतले भन्यो,‘अब नेताहरू एमालेमा नै रहने भएपछि कसलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा खाका तयार पार्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। फेरि बस्नेछ।’

