दुर्गा प्रसाईँको रिटमा सुनुवाइ सकियो, निर्णय चैत १२ गते


काठमाडौं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा बी एन्ड सी कलेजका तर्फबाट दायर गरेको रिट निवेदनमाथि यही चैत १२ गते निर्णय सुनाउने (निसु) गरी मिति तोकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले मंगलबारको सुनुवाइपछि निर्णय सुनाउने गरी आदेश दिएको हो ।

आफूले सञ्चालन गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिइएको भन्दै सञ्चालक दुर्गा प्रसाईँले २०७७ सालमा चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले केही समयअघि अग्राधिकार प्रदान गरेको हो ।

प्रतिक्रिया