रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने भोलिदेखि संसद चल्दैन : खतिवडा


काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको जवाफ चित्त बुझेन ।  हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ,’ उनले भने ।

प्रतिक्रिया