

यसरी राख्न सकिन्छ दाँतलाई स्वस्थ

काठमाडाैं- हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये दाँत एक हो । समयमै दाँतको स्याहार भएन भने विभिन्न समस्या देखिन सक्छ । दाँतको दुखाइ, गिजामा दुखाइ, दाँत झर्ने, दाँत पहेँलो हुने र मुख दुर्गन्धित हुनेलगायत समस्या देखिन्छन् । दाँत मुख स्वास्थ्य अन्तर्गत पर्छ । मुख र दाँतसँगका सम्वन्धित अंग तथा भागको हेरचाह यो स्वास्थ्यमा पर्छन् ।
सामान्यतया दाँत सफा राखे मुख स्वथ्य रहने कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठ बताउँछन् । ‘सबैभन्दा ठुलो कुरा जनचेतना हो तर जनचेतनाले मात्रै हुँदैन । सन २००४ नेपाल सरकारले मुख स्वास्थ्य नीती र त्यसैलाई २०१४ मा परिमार्जन गरिएको थियो । त्यसमा अलि कमजोरी छन् । कार्यन्वयनमा अलि फितलो छ’ उनले भने ।
उनका अनुसार प्रत्येक जनतालाई दाँत र मुख स्वस्थ राख्न जनचेतना दिनुपर्ने आवश्यक रहेको बताएका छन् । ‘हाल विभिन्न निजी तथा सरकारी पक्षले दन्तसम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका छन्, त्यसमा विभिन्न शिविरहरु गरिएका छन्’ उनले भने ।
यस्ता छन् डा. श्रेष्ठका सुझाव
-दाँत स्वस्थ राख्न प्रत्येक दिन खाना खाएपछि फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्ने । त्यसो गरेमा मुखसम्बन्धी ६० प्रतिशतभन्दा रोग लाग्दैन ।
-दाँत माझ्दा नरम खालको ब्रस प्रयोग गर्ने
-ब्रस गरेपछि दाँतमा अड्केका खानेकुराका टुक्रालाई धाको(डेन्टल फ्लस)को मद्दतले निकाल्ने
-सुत्नभन्दा अघि गुलियो कुरा नखाने
-गुलियो कुरा खाइसकेपछि कुल्ला गर्ने
-प्रत्येक ६/६ महिनामा दन्त चिकित्सक
-धुम्रपान नगर्ने तथा सुर्तीजन्य कुरा नखाने
यसैगरी भोलि मार्च २० मा मनाइने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले विभिन्न कार्यक्रम गर्ने भएको छ । ‘ह्याप्पी माउथ ह्याप्पी बडी’ को नाराका साथमा जनचेतनामुलक र्याली, निवन्ध र आर्ट प्रतियोगिता गर्ने कलेजले जनाएको छ ।

