

होटेलमा मृत भेटिए सिटिजन्स बैंकका कर्मचारी

विराटनगर- सिटिजन्स बैंक विराटनगरमा कार्यरत एक कर्मचारी होटेलमा मृत फेला परेका छन् । क्षितिज घिमिरे विराटनगर महानगरपालिका–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मंगलबार बिहान उनको शव होटेलको कोठा नम्बर १०९ मा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारका तर्फबाट सोमबार प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो ।

