शंखमूलमा टेम्पो दुर्घटना


काठमाडौं- काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा एक बालकसहित तीनजना घाइते भएका छन् । चाबहिल–शंखमूल रुटमा चल्ने बा१ ह ३८७७ नम्बरको टेम्पो शंखमूलको ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेलाई सिभिल अस्पताल लगिएको छ ।  घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकाे बताइएकाे  छ।

प्रतिक्रिया