महरालाई ल्याइयो काठमाडौं, सिआईबीमा हाजिर गराइँदै


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।

कपिलवस्तुबाट सोमबार बिहान पक्राउ परेका महरालाई यति एयरलाइन्सको बिहान ११ बजेकाे उडानबाट काठमाडौं ल्याइएको हो ।

उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगेको जनाइएको छ ।

महरालाई सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया