

नेपालकी खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

काठमाडौँ – नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक-२०२४ का लागि छनोट भएकी छन्।
चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन्।
उनले के-४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन्।
त्यसैगरी, उनले सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै फाइनमा पुगेकी हुन्।
छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकी पहिलो पारा खेलाडी बन्न सफल भइन्। पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेतासमेत हुन्।

