
युक्रेनी सेनाले सार्वजनिक गर्यो पाँच नेपालीसहित ८ युद्धबन्दी
काठमाडौं – युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका पाँच नेपालीसहित आठ विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । युक्रेनी सेनाले हाल दाङको बिजौरीमा बस्दै आएका रोल्पाका प्रतीक पुनसहित पाँच नेपालीलाई सार्वजनिक गरेको हो ।
युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् ।
प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।
युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन् । लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि नेपालमा उनीहरूका परिवारलाई राहत मिलेको छ ।
युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन आग्रह गरेको छ ।



कागजपत्र |
