बच्चा चोरी गर्ने सिंहलाई डेढ लाख धरौटीमा छाड्न आदेश


काठमाडौं – काठमाडौं जिल्ला अदालतले थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

फागुन ११ मा बच्चा चोरेको अभियोगमा पक्राउ परेकी दैलेखको नौमुलेकी २४ वर्षीया मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकृतले जनाए ।

प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो । मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।

प्रतिक्रिया