अब पोखरामा रातभर डिस्को, दोहोरी खुल्ने


पोखरा- पोखरामा आइतबार साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकलगायत व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

आइतवार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए ।

उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता समेत जनाए। उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे ।

प्रतिक्रिया