त्रिविले क्यालेण्डरमै नभएको दिनसहितको तालिका सच्यायो


काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि शुक्रबार त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको थियो । विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा चैत ३१ गतेका लागि तोकेको थियो ।

२०८० सालको क्यालेन्डरमा चैत ३१ गते नभएकोमा चौतर्फी आचोलना भएपछि आज त्रिविले उक्त परीक्षा तालिका सच्याउँदै माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा २ गतेलाई सारेको छ ।

प्रतिक्रिया