सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेर तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य आज तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया