

भारतमा रेलले किच्दा एक नेपालीको ज्यान गयो

काठमाडौं- भारतको सिलगुडीमा रेलको चक्कामुनी खस्दा एक नेपाली नागरिकको मृत्यु भएको छ । झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्माको मृत्यु भएको जनाइएको छ ।
उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर उनी दुर्घटनामा परेका थिए । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।
उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर बताइएको छ ।

