१९९ दिनपछि चार देशका अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए


एजेन्सी – चार देशका अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर चार देशका चार अन्तरिक्ष यात्री मंगलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका हुन् ।

नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए ।

यो टोली गएको अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको थियो । उनीहरुले १९९ दिन कक्षमा बिताएको बताइएको छ ।

प्रतिक्रिया