संसद् भवन प्रवेश गरेका लघुवित्त पीडितलाई मुद्दा चलाउने तयारी


काठमाडौं- निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका पीडितलाई प्रहरीले मुद्दा चलाउने भएको छ ।

प्रहरीले पक्राउ परेका ४९ जनालाई शान्ति सुरक्षा खल्बल्याएको कसूरमा मुद्दा चलाउने तयारी गरेको छ । संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ ।

हिजाे बानेश्वरस्थित संसद् भवनबाट ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

प्रतिक्रिया