१३ अङ्कले बढ्यो नेप्से परिसूचक


काठमाडाैं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर १ हजार ९ सय ९२ दशमलव३० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयरमूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । विभिन्न कम्पनीका कुल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिदबिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ मूल्यबराबरको शेयर कारोबार भयो ।

प्रतिक्रिया