उपनिर्वाचनको कार्यतालिका सार्वजनिक


काठमाडौं- निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

२०८१ को उपचुनावमा फागुन २४ देखि दल दर्ता सुरू हुने भएको छ । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतदेखि फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट सोमबार निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ । २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
१५ वैशाखमा मतदान हुनेछ ।

प्रतिक्रिया