नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक, पहिलो श्रेणीकालाई १ लाख तलब


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ।

पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।

यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो।

grade1-1708937775.jpg

grade2-1708937775.jpg

प्रतिक्रिया