

माओवादीमा नेताहरूको जिम्मेवारी हेरफेर हुँदै, स्थायी समिति बैठकबाट निर्णय गरिँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो ।
सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आज सकाउने बुझिएको छ ।
साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजायँ गर्ने पनि जनाइएको छ ।

