युक्रेनद्वारा रुसको जासुसी विमान खसालेको दाबी


कीभ- युक्रेनले रुसको ए–५० जासुसी विमान खसालेको दाबी गरेको छ । एक महिना भित्रमा यो दोस्रो यस्तो दाबी हो ।

युक्रेनी सैन्य स्रोतहरूले विमान रोस्तोभ-अन-डोन र रसियाको क्रास्नोडार क्षेत्रको बीचमा विमान खसालेको दाबी गरेका छन् । यो युद्ध मोर्चाबाट करिब दुई सय किलोमिटर टाढा छ ।

रिपोर्टहरूका अनुसार आपतकालीन सेवाहरूले रुसको कानेभस्कोए जिल्लामा विमानको भग्नावशेष फेला पारेको छ। युक्रेनको यो दाबीमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । शनिबार युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्ष पूरा भएको छ ।

युक्रेनी वायुसेना प्रमुख माइकोला ओलेस्चुकले विमान खसालेकोमा सैन्य गुप्तचर र वायुसेनालाई धन्यवाद दिएका छन् । यो रुसको लामो दूरीको उडान रडार पत्ता लगाउने टोही विमान थियो। अनलाइनमा शेयर गरिएको भिडियोमा विमान हावामा खसालिएको देखिन्छ ।

 

प्रतिक्रिया