माथिबाट झरेको ढुङ्गा लागेर कुँवरको ज्यान गयाे


ताप्लेजुङ– ढुङ्गाले लागेर ताप्लेजुङमा आज एक जनाको ज्यान गएको छ ।

सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले जानकारी दिए ।

ढुङ्गाले लागेर कर्णबहादुरको घटनास्थलमै ज्यान गएको उनले बताए ।

प्रतिक्रिया